वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह

<span class='c1'>वर्गीकरण प्रकृयामा सहभागी हुन सबै</span> <span class='c2'>जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले गत भाद्र २३ र २४ गतेको जान्दोलनमा घाइते भएका सबैलाई वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन् ।

आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उनले २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेकोमा एक सय ८९ जनाको वर्गिकरण गरिसकेको र बाँकी घाइते जेनजीहरु सम्पर्कमा नआएको जानकारी दिइन् । उनले भनिन्,‘हामीले जेनजी आन्दोलनमा घाइतेको उपचारको जिम्मा लिएका थियौं त्यसमध्ये २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेर एक सय ८९ जनाको वर्गिकरण गरिसकेको छौं । बाँकी जेनजीहरु सम्पर्कमा आउनुभएको छैन् । उहाँहरुलाई यो वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र आउन आग्रह गर्न चाहान्छु ।’ घाइतेहरुले गरेको व्यक्तिगत खर्च अस्पतालले फिर्ता गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिइन् । ‘हामीले जेनजी घाइतेले औषधि उपचार गरेबापत रकम फिर्ता गर्ने कार्यविधि बनाएको थियो । जो घाइतेहरुले व्यक्तिगत खर्च गर्नुभएको थियो ,अस्पतालले उहाँहरुको त्यो रकम फिर्ता गर्ने व्यवस्था पनि मिलाएको छौं ’उनले भनिन् ।

त्यस्तै उनले मानसिक स्वास्थ्यलाई मन्त्रालयले दोस्रो प्राथमिकतामा राखेर काम गरेको बताउँदै धेरै संघीय अस्पतालहरुमा मनोसामाजिक परामर्श केन्द्रहरु सुरु भइसकेको जानकारी गराईन् । उनले भनिन्,‘हाम्रो दोस्रो प्राथमिकता मानसिक स्वास्थ्य थियो । विभिन्न गोष्ठिहरु पनि गर्यौ । यसमा धेरै संघीय अस्पतालहरुमा मनो सामाजिक परामर्श केन्द्रहरु सुरु भइसकेका छन् ।’ मन्त्री गौतमले स्वास्थ्य व्यवसायी परिषद्को माग सम्बोधन गर्नेगरी प्रकृया अगाडि बढेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्