अस्पतालमै छोडिएको नवजात शिशु बालआश्रममा

<span class='c1'>अस्पतालमै छोडिएको नवजात</span> <span class='c2'>शिशु बालआश्रममा</span>

उर्लाबारी । मोरंगको लेटाङ नगरपालिका निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात शिशुलाई आमाले अस्पतालमै छाडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो । उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडा पौडेलका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम शिशुको तत्काल संरक्षणको व्यवस्था गरिएको हो । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक हेरचाहको प्रबन्ध मिलाइएको नगरपालिकाले जनाएको छ ।

शिशुको दीर्घकालीन व्यवस्थापनका लागि नमुना बालगृहमा अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ । साथै, शिशुलाई छोड्ने व्यक्तिको खोजी गरी कानुनी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्