अरिजित सिंहले अब चलचित्रमा गीत नगाउने

<span class='c1'>अरिजित सिंहले अब</span> <span class='c2'>चलचित्रमा गीत नगाउने</span>

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन् ।

नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’ अरिजित सिंह भारतीय फिल्म उद्योगका सफल र चर्चित गायक हुन् । उनका नेपालमा पनि लाखौं फ्यान छन् । संगीतकार समेत रहेका उनले गीत संगीतमा अन्य काम गर्नेछन् वा छैनन् ? त्यो भने केही खुलाएका छैनन् ।

उनका ‘तुम हि हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन् । अरिजित सिंहले दुई वर्षअघि काठमाडौंमा समेत भव्य कन्सर्ट गरेका थिए । उनले २०१३ को फिल्म ‘आशिकी २’ को ‘तुम ही हो’ गीत अरिजित सिंहको करियरमा एउटा टर्निङ प्वाइन्ट साबित भएको थियो । अरिजितको यो घोषणापछि सामाजिक सञ्जालमा प्रशंसकहरूले आश्चर्य र भावुक प्रतिक्रिया दिएका छन् । धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्