कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा

<span class='c1'>कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक</span> <span class='c2'>सुन्नुपर्छ : उपसभापति शर्मा</span>

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे । शर्माले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीररुपमा नागरिकको कुरा सुन्नुछ । रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्यसमा पनि नेपाली कांग्रेस जोडिएको छ,’ उनले भने । उनका अनुसार गाउँगाउँमा खानेपानीको पहुँच बढेको छ । ‘पानीको समस्या अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, पानीको दुःख अझै बाँकी छन् तर केही प्रगती पहिला भन्दा भएका छन्,’उनले बताए।

उपसभापति शर्माले विद्युत् र सञ्चार क्षेत्रका सुधारको पनि चर्चा गरे । ‘नेपाली कांग्रेस सरकारमा हुँदा वा बाहिर हुँदा पनि कांग्रेसको नीतिगत आधारमै मुलुकमा विकासका कामहरू भएका छन्,’ उनले भने। यद्यपि उनले कांग्रेसबाट पनि कमजोरी भएका स्वीकार गरे । ‘हामीले गर्न नसकेका धेरै काम छन्, केही कमजोरी हामीबाट भए, जसका कारण नागरिक, मतदाता र युवा पुस्ता हामीसँग रुष्ट भए,’ शर्माले भने । उनले पटक पटक सरकार मात्र परिवर्तन भएकाले परिवर्तन भएको अनुभूति नागरिकलाई हुन नसकेको बताए । उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनेपछि परिवर्तन भएको अनुभूति प्रधानमन्त्रीलाई मात्र हुनसक्छ, तर नागरिकलाई त्यो अनुभूति हुन सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्