बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

<span class='c1'>बारा पुगे कुलमान, देशभर</span> <span class='c2'>चुनावी अभियान गर्ने</span>

सिमरा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियान अन्तरगत बारा पुगेका छन् । सोमबार बिहान उनी बारा पुगेका हुन् । उनलाई सिमरा विमानस्थलमा भव्यताका साथ स्वागत गरियो ।सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए ।

उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौ । पहिलो पटक म सिमरामा आएको छु । अब विस्तारै देशैभर आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएको हो ।’
पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको र प्रतिस्पर्धा गरेको जानकारी दिंदै पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित्ने अपेक्षा गरेको पनि उनको भनाई छ ।

साथै, उनले देश र जनताको माग अनुसार सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले रास्वपामा गएको भन्दै त्यो सहमती कार्यान्वयन नभएको पनि बताए ।उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ । जनताले गर्नुभएको निर्णय मान्न तयार छौं । जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौं तर कार्यान्वयन भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्