अनलाइन सञ्जालमार्फत मत गोपनीयता भंग नगर्न निर्वाचन आयोग मोरङको आग्रह

<span class='c1'>अनलाइन सञ्जालमार्फत मत गोपनीयता भंग</span> <span class='c2'>नगर्न निर्वाचन आयोग मोरङको आग्रह</span>

विराटनगर । निर्वाचन आयोग, नेपालले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई कडा चेतावनी दिएको छ।

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न गर्ने, सोको भिडियो वा सामग्री सार्वजनिक गर्ने जस्ता गतिविधि भइरहेको जानकारी प्राप्त भएपछि आयोगले यस्तो चेतावनी जारी गरेको हो।

आयोगका अनुसार यस्ता कार्यहरू निर्वाचन आचारसंहिता, २०७२ को दफा ४ (घ) बमोजिम आचारसंहिता उल्लङ्घन हुने कार्य हुन्। सूचना जारी भइसकेपछि पनि कसैले यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७२ मोरङका तर्फबाट जारी सूचनामा मतदाताको गोपनीयता कायम राख्नु सबैको दायित्व भएको उल्लेख गरिएको छ। आयोगले निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्