विराटनगरमा महिला पत्रकारहरुका लागि ‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षण

<span class='c1'>विराटनगरमा महिला पत्रकारहरुका लागि </span> <span class='c2'>‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षण</span>

विराटनगर । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगाको सहकार्यमा महिला पत्रकारहरुका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ । विराट मेडिकल कलेज टिचिङ अस्पतालका चिकित्सकहरुको टोलीले मंगलबार १८ जना महिला स्वास्थ्य चेकजाँच गरेको छ । ‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षणका क्रममा समस्या देखिएकाहरुको विराट मेडिकल कलेजमा थप उपचार हुने पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले बताइन् ।

स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा.बबिता साह लगायतको टोलीले सेवा दिएका थिए । स्वास्थ्य शिविरसँगै क्यान्सर सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यक्रमको सहजीकरण बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले गरिन् । उनले महिलामा पाठेघर भन्दा स्तन क्यान्सरका विरामीको संख्या बढ्दो रहेको बताइन् । महिला र पुरुषहरुमा मुख, नाक, घाँटी, बालबालिकामा ब्लड र १८–२० वर्ष उमेर समूहका व्यक्तिहरुमा हड्डीको क्यान्सर बढी हुने गरेको देखिएको उनले बताइन् । पुरुषमा पनि स्तन क्यान्सरका विरामी देखिन थालेको उनले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्