मौसम पूर्वानुमान : तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने

<span class='c1'>मौसम पूर्वानुमान : तराई भू–भागका</span> <span class='c2'>धेरै स्थानहरूमा हुस्सु लाग्ने</span>

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ र बाँकी भू–भागमा भने मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राती तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्