सिंगो देशले पाएको दुखको अगाडि मेरो पीडा केही पनि होइन : रवि लामिछाने

<span class='c1'>सिंगो देशले पाएको दुखको अगाडि मेरो पीडा</span> <span class='c2'>केही पनि होइन : रवि लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन् । बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए ।

उनले भने, ‘सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन । सिंगो देशले दुख पाएको छ । आजबाट कहिले काँही धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन्, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्ने पक्षमा छैन ।’

यस्तै, उनले यो मुलुकलाई समृद्धि र स्थायी शान्तिको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पनि बताए । उनले भने, ‘यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, स्थायी शान्ति कसरी हुन्छ, युवाहरुलाई रोजगारी कसरी गर्न सकिन्छ, उद्योगहरु कसरी स्थापित गर्न सकिन्छ, गुणस्तरिय सेवा सबैको पहुँचमा कसरी पु¥याउन सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकता हो ।’ चितवनबाट नै एउटा निलो क्रान्तिको बिउँ रोपिएको भन्दै त्यो बेला रोपेको बिरुवालाई निमोठ्न, काट्न र बाँच्न खोजिएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्