राष्ट्रिय सभाको बैठक बस्दै :सामाजिक सञ्जाल विधेयक फिर्ता हुँदै

<span class='c1'>राष्ट्रिय सभाको बैठक बस्दै :सामाजिक</span> <span class='c2'>सञ्जाल विधेयक फिर्ता हुँदै</span>

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज (शुक्रबार)राष्ट्रिय सभाको बैठक बस्दैछ।vबैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ विधेयकहरूमाथि छलफल गर्ने तयारी गरिएको छ।

बैठकको सुरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ’सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन्।

साथै, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको हैसियतमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ’राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्