लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्न फोटो प्रदर्शनी हुँदै

<span class='c1'>लुकेका पर्यटन गन्तव्यहरू उजागर</span> <span class='c2'>गर्न फोटो प्रदर्शनी हुँदै</span>

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’ #photoNepal पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ । तीनदिने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने एनटीबीले जनाएको छ । एनटीबीका अनुसार प्रदर्शनीको उद्देश्य प्रतिभाशाली फोटोग्राफरहरूको सिर्जनात्मक दृष्टिकोणमार्फत नेपालका लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्नु हो ।

यसले आगन्तुकहरूलाई नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको दृश्यात्मक अनुभव प्रदान गर्ने विश्वास बोर्डले लिएको छ । कोञ्ज्योसोम गाउँपालिका वडा नं. ५, भारदेउ र कोञ्ज्योसोम धार्मिक पर्यटन समितिको संयुक्त आयोजनामा प्रदर्शनी गर्न लागिएको हो । सांस्कृतिक तथा पर्यटकीय विकास अभिवृद्धि गर्ने उद्देश्यले त्यहाँका धार्मिक, पर्यटकीय एवं सांस्कृतिक सम्पदा झल्किने गरि फोटो प्रदर्शनी आयोजना गर्न लागिएको फोटोग्राफर लक्ष्मी प्रसाद न्गाखुसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्