परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन : जयन्ती राई

<span class='c1'>परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान</span> <span class='c2'>बिर्सनु हुँदैन : जयन्ती राई</span>

काठमाडौं । राष्ट्रिय सभा सदस्य जयन्ती राईले सरकार मुलुकप्रति गम्भीर नहुँदा ‘जेन–जी आन्दोलन’ जस्ता घटनाहरू उत्पन्न भएको बताएकी छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको गैरजिम्मेवारीका कारण वर्तमान अवस्था सिर्जना भएको भन्दै जेन–जी आन्दोलनको समिक्षा गर्न आवश्यक रहेको धारणा राखिन् । उनले युवाहरुलाई लक्षित गर्दै आन्दोलनको समिक्षा गर्ने कि नगर्ने भन्ने प्रश्न उठाइन् । उनले भनिन्, ‘देशप्रति अलिकति पनि गम्भीर बनेन सरकार, त्यसकारण जेन–जी आन्दोलन जस्ता घटनाहरू भए । सिंहदरबार जलेको छ, यसले सारा जनताको आवाज जलेको छ । सर्वोच्च अदालत जल्दा भवन मात्र जलेन, सबै जनताको न्याय जलेको छ ।’ राईले आन्दोलनमा को सही र को गलत भन्ने विषयमा छानबिन किन नगरेको भन्दै प्रश्न गरिन् । विदेशी हस्तक्षेप र घुसपैठको चर्चा मात्र गरेर समस्याको समाधान नहुने उनको भनाइ थियो ।

उनले भनिन्, ‘समिक्षा गर्न युवाहरु तयार हुने की नहुने ? आन्दोलनमा को सही को गलत किन छानविन गर्नुहुन्न ? विदेशी हस्तक्षेप भनिरहेका छौं, घुसपैठ भयो भनिरहेका छौं । तर यति मात्र भनेर हाम्रो घर बन्नेवाला छैन । यो परिवर्तनलाई आत्मसात गरौं । अहिले बहस नयाँ र पूरानो पार्टीमा छ । पूरानो पार्टीलाई ध्वस्त गर्ने, पूरानो पार्टीले केही काम गरेको छैन, लोकतन्त्र, गणतन्त्र, जनअधिकार, संविधान यस्ता जनअधिकारहरु कसले स्थापित गर्यो ? साथै, उनले देशमा आएको परिवर्तनलाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याइन् । अहिलेको बहस नयाँ र पुराना पार्टीबीच केन्द्रित भएको उल्लेख गर्दै उनले पूराना पार्टीहरूले केही काम नगरेको भन्ने आरोपप्रति असहमति जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्