सुनसान सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन

<span class='c1'>सुनसान सगरमाथा आधार शिविरमा</span> <span class='c2'>अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन</span>

काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डकाे विज्ञापन छायाँकन भइरहेको छ ।

नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ । बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तिब्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन् । तर १६ जना कोरियनलगायत ४० जनाको टीमले यो ‘ब्ल्याक याक ब्राण्ड’को विज्ञापन छांयाकनले यसलाई गलत सावित गरिदिएको हो ।

उक्त विज्ञापनलाई ड्रोन र क्यामेरा प्रयोेग गरी छायाँकन भइरहेको छ । यसको सबै सरकारी अनुमति प्रक्रिया र प्राविधिक व्यवस्थापन भने फिल्म क्रू नेपाल नामक संस्थाले गरेको हो । फिल्म क्रू नेपालले उक्त वृत्तचित्रको लागि गृह, पर्यटन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग तथा संञ्चार मन्त्रालयबाट अनुमति लिएको थियो । पर्यटन व्यवसायी नावा निमा शेर्पाले नेपाल दुईवटा सिजनको लागि मात्र नभइ हिउँदे सिजन पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ भन्ने कुरा विश्वलाई चिनाउन चाहेको बताए । विशेष विन्टर सिजनलाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई अलि प्रवर्द्धन गर्नुपर्ने समेत बताउँछन् ।

वसन्त ऋतुलाई हिमाल आरोहणको मुख्य सिजन मानिन्छ । सामान्यतया नेपालमा हिमाल आरोहण र पदयात्राका लागि असोज, कार्तिक र बैशाख महिनालाई उपयुक्त मानिन्छ । सरकार र पर्यटन व्यवसायीले सोही अनुसार पर्यटन प्रवद्र्धन गर्ने गरेका छन् । तर पर्यटन विभागले आरोहीहरुले निवेदन दिएको खण्डमा जुनसुकै सिजनमा पनि अनुमति दिने गरेको निर्देशक/सूचना अधिकारी हिमाल गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्