मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई आचारसंहिता पालना गर्न मुख्य निर्वाचन कार्यालयको कडा निर्देशन

<span class='c1'>मोरङका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई आचारसंहिता</span> <span class='c2'>पालना गर्न मुख्य निर्वाचन कार्यालयको कडा निर्देशन</span>

विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जिल्लाका सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता २०८२ कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले शुक्रबार विराटनगरमा क्षेत्र नम्बर ६ का उम्मेदवार प्रतिनिधीहरुसँग आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरूका प्रतिनिधिलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको हो ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला सरोज कोईरालाका अनुसार, कुनै पनि राजनितीक दल, उम्मेदवार तथा राजनितिक दलका भातृ संगठनले जुलुस, आमसभा, तथा बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी काम गर्दा स्थानीय प्रशासनको अनुमती दिई २४ घन्टा अगावै जानकारी गराउनुपर्ने छ ।

उनका अनुसार कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता, पोल वा कुनै पनि सार्वजनिक स्थानमा झण्डा , दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टास्न पाईने छैन ।
त्यसैगरी जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले तोकिएको मापदण्ड बमोजिम आफ्नो तथा राजनितिक दल पहिचानको विवरण खुलाइएको पर्चा वितरण गर्न बाहेक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्खित लोगो वा कपाडा , टोपी वा क्याप, भेष्ट , टि सर्ट ज्याकेट, कमिज, गम्छा , ब्चाच मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाईने आचारसंहितामा परेको छ ।

मतदान हुने दिनभन्दा सत्र दिन अघि अर्थात फागुन ४ गतेदेखी मात्र निर्वाचन प्रचारप्रसार सम्बन्धी जुलुस, आमसभा वा कोणसभा गर्न र सञ्चार माध्यममा प्रचारप्रसार सामाग्री प्रकाशन वा प्रशारण गर्न घरदैलो कार्यक्रम गर्न पाईने मुख्य निर्वाचन कार्यालय मोरङले जनाएको छ ।मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले निर्वाचनलाई विश्वसनीय बनाउने मुख्य आधार आचारसंहिताको पालना भएको उल्लेख गरे । उनले भने, “निर्वाचन आचारसंहिता सबै उम्मेदवारका लागि समान रूपमा लागू हुन्छ । यसलाई उल्लङ्घन गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही गरिनेछ । स्वच्छ निर्वाचनका लागि सबै उम्मेदवार र राजनीतिक दलको सहयोग अपरिहार्य छ ।” गुरुङले निर्वाचनको क्रममा सरकारी साधन–स्रोतको दुरुपयोग, भड्किलो प्रचारप्रसार, मतदातालाई प्रभाव पार्ने गतिविधि तथा सामाजिक सञ्जालको दुरुपयोगप्रति विशेष ध्यान दिन आग्रह गरे । साथै, कुनै पनि उजुरी प्राप्त भएमा निर्वाचन आयोगको निर्देशनअनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । कार्यक्रममा सहभागी उम्मेदवार तथा प्रतिनिधिहरूले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्