गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

<span class='c1'>गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा,</span> <span class='c2'>निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन</span>

नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् ।

निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो । सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।

निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारी बारे टोलीलाई जानकारी गराएका थिए । बैठकमा जिल्लास्थित सबै सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो। यस्तै, बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो।
गृहमन्त्री अर्यालसहितको टोलीले यस अघि पनि भक्तपुर र काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण तथा अनुगमन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्