भदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा

<span class='c1'>भदौ २३ र २४ को घटनालाई अस्वीकार</span> <span class='c2'>गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले घटनाको जिम्मेवारी लिनु पर्छ भनेर भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं– ५ को सदस्य भेला कार्यक्रममा उनले जिम्मेवारी लिने आँट नभएको भदौ २३, २४ को घटनालाई षडयन्त्र चलखेल भन्ने र अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताए ।

यसका साथै, उनले आन्दोलनमा बलेको आगोमा तेल हालेर, भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, प्रवृत्ति पनि आएको भन्दै नेपाली काङ्ग्रेसमा यस्तो प्रवृत्ति नरहेको दाबी गरे । उनले भने, ‘भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको छ । भदौ २३, २४ मा केही भएकै होइन भन्ने मानसिकताको विकास गरिएको छ । किनभने त्यो सत्य भएको कुरा स्वीकार गरियो भने जिम्मेवारी लिनुपर्छ । जिम्मेवारी लिन आँट चाहिन्छ, त्यसैले त्यो होइन, त्यो षडयन्त्र हो, त्यसमा चलखेल छ, अरु कसैले गराइ दिएको हो भन्ने प्रवृत्ति छ । त्यस्तै अर्को प्रवृत्ति पनि आएको छ झन् घातक । त्यो भनेको आन्दोलनमा बलेको आगोमा तेल हालेर त्यसमा जे जे सेक्न सकिन्छ सेक्ने र फाइदा लिइहाल्ने भन्ने छ । त्यसलाई भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, त्यो लाभ पनि आफ्नो लागि मात्र भएको हो भन्ने प्रवृत्ति अगाडि आएको छ । तर नेपाली काङ्ग्रेसभित्र यस्तो प्रवृत्ति छैन् ।’उनले भदौ २३ र २४ को घटनापछि सरकार, संसद, थुप्रै जीवन र भवनहरु गएको कारण आजको अवस्था सिर्जना भएको पनि बताए ।

उनले भने, ‘फागुन २१ गतेको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । निर्वाचन तपाई हामीले खोजेर ल्याएको निर्वाचन होइन्, यसले हामीलाई खोज्दै आएको हो । हामी त ०८४ साल मंसिरको निर्वाचन हुन्छ भनेर बसेका थियौं । कसैले पनि कल्पना नगरेको दुई वटा घटनाहरु भए । त्यसले धेरै कुरा तलमाथि गरेको छ । सरकार र संसद गयो थुप्रै जीवनहरु गए, भवनहरु गए । यसले हामी सबैलाई एउटा नयाँ ठाँउमा ल्याएको छ ।’नयाँ सोचका साथ, आएको बदलिएको नेपाली काङ्ग्रेसले केही प्रतिबद्धताहरु लिएर आएको भन्दै त्यसमा सम्झौता गर्न परे सरकार पनि नचाहिएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्