निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

<span class='c1'>निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम</span> <span class='c2'>तीव्र, वडामा स्वयंसेवक परिचालन</span>

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ ।

डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएको मतदाता शिक्षालाई अब वडास्तरसम्म पु¥याउने उद्देश्यले आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ ।

आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत प्रयोग र मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। यसले मत बदर हुने अवस्था घटाउने र मताधिकारको सही उपयोगमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।

स्वयंसेवक छनोटका लागि स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट सम्बन्धित निर्वाचन कार्यालयमार्फत प्रक्रिया अघि बढाइनेछ । यस्तै, मतदाता शिक्षा सामग्रीको प्रभावकारी उत्पादन तथा प्रसारणका लागि आयोगले सरकारी स्वामित्वका सञ्चारमाध्यम र नियामक निकायसँग सहकार्य विस्तार गरेको छ । राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड तथा प्रेस काउन्सिल नेपालसँग यसअघि नै सम्झौता भइसकेको आयोगले जनाएको छ ।

आयोगले प्रभावकारी मतदाता शिक्षामार्फत स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० गरी कुल २७५ सदस्य निर्वाचित हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्