चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा

<span class='c1'>चुनावबाट कुनै प्रकारले पछाडि फर्कन</span> <span class='c2'>मिल्दैन : गगन थापा</span>

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् ।

सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे ।

उनले भने, ‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ ।’

थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भएपनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए ।

‘हामीले त चुनाव २ वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेनजीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो’, उनले भने, ‘यसले गर्दा चुनाव चाँडै आयो । त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ । नयाँ नेतृत्व छान्न तयार छ । भोट तपाईंहरूकै हातमा छ । जिताउनु हुन्छ भन्ने आशा लिएको छु।’

सभापति थापाले आज मधेसको सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए । यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्