नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर

<span class='c1'>नेपाल पर्यटन बोर्ड र चलचित्र</span> <span class='c2'>विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर</span>

काठमाडौं । नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चलचित्र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरुको सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

बुधबार नेपाल पर्यटन बोर्डमा एक विशेष कार्यक्रम गरि नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले पर्यटन चलचित्रले नेपालको पयर्टन क्षेत्रको ठूलो सम्भाव्यता भएको र त्यसलाई उजागर गर्न सहज हुने बताए । उनले भने, ‘आजको कार्यक्रमले, चलचित्र विकास बोर्डसँगको यो सहकार्यले सहयोग पुर्याउनेछ । केही इभेन्टहरु, केही नीतिहरु मार्फत नेपालको ठूलो सम्भाव्यता भएको क्षेत्रलाई उजागर गर्न जानेछौँ । साथ, सहयोगको अपेक्षा राखेका छौँ ।’ अध्यक्ष जोशीले नेपाली चलचित्रले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उल्लेख गर्दै भने, ‘पर्यटन प्रवद्धन नै नेपालको सबैभन्दा शक्तीशाली साधन हो । सिनेमा वा चलचित्रबिना नेपालको पर्यटन सुदृण हुन सक्दैन । हामीले थुप्रै देशहरुमा देखिसकेका छांै ।’

यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सीले सरकारकातर्फबाट समेत पर्यटन क्षेत्रको पवद्र्धनका लागि पहल भइरहेको भन्दै कर्णाली प्रदेश सरकारले एक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । ‘कर्णाली प्रदेश सरकारले एक वर्षका लागि १ करोड रुपैयाँ छुट्याएको छ । वर्षमा ५ वटा चलचित्रका लागि २० लाख रुपैयाँ जसले त्यो क्षेत्रमा छायाँकन गर्छ । काठमाडौंबाट ३० दिनका लागि जुम्ला जाने हो भने प्रोडक्सन कस्ट २०÷३० लाख फरक पर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्