काठमाडौं । विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । लितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी विराटनगर स्थित माडवाडी सेवा सदनमा फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।
ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्तिकला, हस्तकला तथा अन्य सृजनात्मक कलाका कृतिहरू प्रदर्शनीमा समावेश गरिने छ ।
कला र संस्कृतिको माध्यमबाट प्रदेशलाई सशक्त र पहिचानयुक्त बनाउन प्रादेशिक ललितकला आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमा १६४ जना सर्जकहरूको दुई सय वटा कलाकृतिहरू समावेश गरिने छ । जस अन्तर्गत आधुनिक चित्रकलातर्फ एक सय जना, परम्परागत कलामा ५ जना, मूर्तिकलामा १७ जना, लोककलामा १० जना, हस्तकलामा १० जना तथा अन्य सृजनात्मक कलातर्फ १७ जना सहभागी हुने छन् ।
प्रदर्शनीका लागि हाल १४ वटा जिल्लाबाट विभिन्न विधाका कला कृतिहरू संकलन गरिएको छ ।