अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड

<span class='c1'>अध्यागमन ऐनमा प्रशस्त छलफल</span> <span class='c2'>गर्नुपर्नेमा डा.भुसालको जोड</span>

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.बेदुराम भुुसालले अध्यागमन ऐन २०४९ मा भिसाका आधार तोक्ने, विदेशीले पालना गर्नुपर्ने सर्त तोक्ने, भिसा नबीकरण रद्ध गर्न र महानिर्देशकका कामलगायतका विषयमा प्रत्यायोजित गरेर दुरुपयोग गरिएको बताएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको १९औँ अधिवेशन बैठकमा सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिले अध्यागमन एन २०४९ र सो अन्तर बनेको प्रत्यायोजित विधानहरुको अध्ययन प्रस्तुत गरेकोमा नेपालको मात्र नभएर अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाको अध्ययगमन सम्बन्धी ऐन अध्ययन गरेर यस्तो प्रतिक्रिया दिएको भुसालको भनाइ छ । ‘समितिले नेपालको मात्र नभएर अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका देशको अनुगमन सम्बन्धी ऐन अध्ययन गरेको गरेको रहेछ,’भुसालले जानकारी दिंदै भने,‘भारतमा कम प्रत्यायोति गरेको तर पाकिस्तान र बंगलदेश जस्ता देशमा निरंकुश खालको शासन पद्धति छ । त्यहाँ धेरै अधिकार कार्यपालिकालाइ दिएको रहेछ ।’

भुसालले जहाँ लोकतन्त्र, निरकुंश प्रवृत्तिको सरकार छ त्यहाँ प्रत्यायोजन कम हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्