आजको मौसम : देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

<span class='c1'>आजको मौसम : देशका उच्च पहाडी र हिमाली</span> <span class='c2'>भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना</span>

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

आज राती भने, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्