रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

<span class='c1'>रुकुमको समग्र विकासका लागि उम्मेदवार</span> <span class='c2'>बनेर आएँ : प्रचण्ड</span>

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन् ।

जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताएका हुन् । ‘परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु । मत दिएर विजयी गराउनुहोला,’ उनले भने । उनले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताए ।

‘म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ,’ उनले भने । कार्यक्रममा स्थानीय बासिन्दाहरूले उल्लेख्य उपस्थित भई संयोजक प्रचण्डलाई स्वागत गरेका थिए । सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्