तत्काल निर्वाचनमा खटिनुहोला, पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ

<span class='c1'>तत्काल निर्वाचनमा खटिनुहोला, पार्टीको जिम्मेवारी</span> <span class='c2'>पछि तोक्नेछौं : कुलमान घिसिङ</span>

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् ।

सोमबार पार्टी कार्यालय त्रिपुरेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालका लागि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन आग्रह गर्दै जिम्मेवारीका सन्दर्भमा पछि सल्लाह गर्ने बताएका हुन्। ‘जो जो आज उज्यालो पार्टीसँग जोडिनुभएको छ, सबैजना हाम्रा उम्मेदवारहरुलाई जिताउन लाग्नुहोला । जिम्मेवारीको सन्दर्भमा जसरी काम गर्नुहुन्छ त्यसरी नै बढ्दै जाने हो । निर्वाचनपछि महाधिवेशन हुन्छ र जिम्मेवारी तोकिने छ । तत्कालका लागि केही जिम्मेवारी चाँडै तोक्नेछौं,’ उनले भने ।

विभिन्न अन्य राजनीतिक दलहरु परित्याग गरि करिब तीन दर्जन व्यक्तिहरु सोमबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्