नेपाल प्रगतिशील कानुन व्यवसायी एशोसिएसनको सह–सचिव पदमा साजिद अंसारी निर्वाचित

<span class='c1'>नेपाल प्रगतिशील कानुन व्यवसायी एशोसिएसनको</span> <span class='c2'>सह–सचिव पदमा साजिद अंसारी निर्वाचित</span>

विराटनगर। कानुनका विद्यार्थी साजिद अंसारी २०८२ फागुन १ गते शुक्रबार बसेको भेलाबाट नेपाल प्रगतिशील कानुन व्यवसायी एशोसिएसन, कानुन विद्यार्थी विभागमा सुनसरीको हरिनगर गाउँपालिका निवासी कानुनका विद्यार्थी साजिद अंसारी सह–सचिव पदमा निर्वाचित भएका छन्।

उनको निर्वाचनसँगै संगठनभित्र कानुन विद्यार्थीहरूको नेतृत्व, सहभागिता तथा सक्रियतामा थप ऊर्जा र उत्साह थपिएको विश्वास व्यक्त गरिएको छ। संगठनका पदाधिकारीहरूले उनको कार्यकालले विद्यार्थीहरूबीच सहकार्य, एकता र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छन्।

नवनिर्वाचित सह–सचिव साजिद अंसारीले कानुन अध्ययनसँगै विद्यार्थी हकहितको संरक्षण, व्यावसायिक क्षमता विकास तथा सामाजिक न्यायका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले संगठनलाई अझ सशक्त, क्रियाशील र प्रभावकारी बनाउँदै कानुन विद्यार्थीहरूको आवाज बुलन्द बनाउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्