मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वर पुग्दै

<span class='c1'>मिथिला माध्यमिकी परिक्रमा</span> <span class='c2'>आज कल्याणेश्वर पुग्दै</span>

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वर पुग्ने भएको छ । हिजो धनुषाको कचुरीबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु हिजो जनकपुरधामको हनुमाननगर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै कल्याणेश्वरका लागि निस्किएका छन् ।

आज कल्याणेश्वरमा रात्री विश्राम गरेर बुधबार (तेश्रो दिन) ६ गते गिरिजास्थान, चौथो दिन ७ गते मटिहानी, पांचौ दिन ८ गते जलेश्वर, छठौ दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, १० औं दिन १३ गते धनुषाधाम, ११ औं दिन १४ गते सत्तोषर, १२ औँ दिन १५ गते औरही, १३ औँ दिन १६ गते करुणा, १४ औँ दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट १५ औँ दिन १८ गते जनकपुरधाम आई पुग्नेछ ।

अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुने छ । मिथिलाको महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्छन् । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । परिक्रमामा लाखौं श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्