‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

<span class='c1'>‘रमिताको पिरती’ र ‘कुमारी’</span> <span class='c2'>ले कति कमाए ?</span>

काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइ सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार दुवै फिल्म बक्स अफिसमा कमजोर देखिएका छन् । सुदीप्ता निर्देशित ‘रमिताको पिरती’ ले पछिल्लो शनिबार (फागुन २) सम्म १९ लाख ४३ हजार ५८८ रूपैयाँ ग्रस कमाइ गरेको छ । उक्त कमाइ हुँद फिल्मको ५ हजार ९३७ वटा टिकट बिक्री भएको उल्लेख छ । यसैगरी दिनेश राउत निर्देशित ‘कुमारी’ ले पछिल्लो शनिबार (फागुन २) सम्म सिनेपाः बक्सअफिसमा ५६ लाख २११ रूपैयाँ ग्रस कमाइ गरेको छ । यो अवधिमा फिल्मको १७ हजार २५ वटा टिकट बिक्री भएका छन् । यी दुवै फिल्म भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै एकसाथ रिलिज भएका थिए । फिल्मले प्रेम र भावनाको फरक–फरक आयाम प्रस्तुत गर्छन् । ‘रमिताको पिरती’ को मुख्य भूमिकामा अभिनेत्री आना शर्मा छिन् । साथमा धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ ।

त्यस्तै, ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्कीलगायतको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्