धनगढीमा आज रास्वपाको चुनावी सभा, रवि र बालेन सहभागी हुने

<span class='c1'>धनगढीमा आज रास्वपाको चुनावी सभा,</span> <span class='c2'>रवि र बालेन सहभागी हुने</span>

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी सभा आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि हुने चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुने कार्यक्रम रहेको छ । चुनावी सभामा सहभागी हुन सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका छन् ।

त्यस्तै, बालेन आज मात्रै धनगढी पुग्ने कार्यक्रम रहेको रास्वपा कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार आनन्द बहादुर चन्दले बताए । दुई नेता धनगढी आउँदा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यकर्ताको चाप बढ्न सक्ने आकलनसहित प्रहरीले सुरक्षा व्यवस्थालाई पनि कडा बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपि योगेन्द्र तिमिल्सिनाले धनगढीमा आज थप प्रहरी तैनाथ गरिएको बताए । ‘अनुसन्धान टोली सहित थप प्रहरी धनगढी क्षेत्रमा परिचालन गरेका छौँ, तिमिल्सिनाले भने, ‘आवश्यक परे थप प्रहरी परिचालनका लागि तै नाथी अवस्थामा राखेका छौँ, सशस्त्र प्रहरी पनि पचिलान भएको छ ।’ रास्वपा सभापति लामिछाने र बालेनले दिउसो १२ बजे सभालाई सम्बोधन गर्ने कार्यपालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्