पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

<span class='c1'>पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन</span> <span class='c2'>आवश्यक छ : सभापति थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।

बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले परिपक्क लोकतन्त्रपनि पपुलिजमको सिकार भएको भन्दै नेपाललाई पनि पपुलिजमको सिकार हुनबाट जोगाउनुपर्ने बेला आएको बताएका हुन् । सभापति थापाले आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार थेग्न सक्छौं ? भन्ने प्रश्न खडा भएको भन्दै त्यसको उत्तर खोज्नुपर्ने धारणा राखे । उनले भने, ‘अहिले एकसय एक परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको छ । एउटा छाल जस्तो आएको छ । त्यो पपुलिजमको आक्रमणबाट के नेपालको लोकतन्त्र हामीले जोगाउन सक्छौं ? हाम्रो लोकतन्त्र त्यति परिपक्क पनि छैन । हाम्रो अर्थतन्त्रको आफ्नै चुनौतीहरु छन् । एउटा लोकतन्त्र परिपक्क भइसकेको संस्थाहरु बनेको ठाउँमा पपुलिजम ५–६ महिनामा आउँछ त्यो ढल्छ । संस्थाहरु बलियो नभएको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामीले थेग्न सक्छौं ? भन्ने हाम्रो अगाडि प्रश्न छ त्यसको उत्तर हामीले खोज्नुपर्छ ।’

त्यस्तै उनले गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको भन्दै कांग्रेस एक्लै निर्वाचनमा गएर अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको धारणा राखे । उनले भने, ‘लोकतन्त्रको स्पेस हाइज्याक भएको छ । हेर्दा सामान्य लाग्ने गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको थियो । कांग्रेसले १६५ मा नै कांग्रेको उम्मेदवार लड्छ जित हार जे सुकै होस् भनेर जाँदा अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्