आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ : नेता आचार्य

<span class='c1'>आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै</span> <span class='c2'>गइरहेको छ : नेता आचार्य</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको बताएका छन् ।

बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश संकटको भुमरीमा फस्दै गइरहेको र सरकारसँग पैसा हुदाँ पनि खर्च गर्न सकिने सामथ्र्य नहुदाँ सरकार झन–झन कमजोर हँुदै गइरहेको धारणा राखे । उनले भने, ‘आथिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ । सरकार सँग पैसा छ । तर त्यसलाई खर्च गर्न सकिने सामथ्र्य नहँुदा सरकार झन –झन कमजोर हुँदै गइरहेको छ ।’ उनले कांग्रेस सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहेको बताए ।

‘कांग्रेस सत्तामा जान चाहान्छ । सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहान्छै,’ उनले भने, ‘सत्तामा मात्र नभई देशको मुलभुत मुद्दामा केन्द्रीत गर्न चाहन्छौ। कांग्रेस सधै सत्तामा छैन ।’ सुशासनको माग र भ्रष्टचारको दलदलमा देश फसेको चिन्ता र बहस आमजनता माझ भएको उल्लेख गर्दै उनले दलदलबाट कसरी निकाल्ने भन्ने बहस अगाडी बढाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्