राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

<span class='c1'>राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर</span> <span class='c2'>राष्ट्रिय महिला टोली स्वदेश फिर्ता</span>

काठमाडौं । थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।

राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । नेपाल प्रतियोगितामा लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेश्रो खेलमा भारत ‘ए’ संग पराजित भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान पूजा महतोले प्रतियोगिताबाट आफूहरुले राम्रो अनुभव बटुल्न सफल भएको बताइन् । ‘यो प्रतियोगिता हाम्रो लागि सिक्ने मौका थियो । अझ हामी कसरी अगाडि बढ्न सक्छौं भन्ने । हामीले आफ्नो तर्फबाट बेष्ट दिने प्रयास गरेका थियौं’ उनले भनिन् ।

उनले पाकिस्तान,भारत जस्ता ठूला टिमसँग प्रतिस्पर्धा गर्नु नै नेपालको लागि ठूलो अवसर भएको भन्दै खेलमा नेपालले सुधार गरेको प्रतिक्रिया आएको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्