रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै, बालेन र रविले सम्बोधन गर्ने

<span class='c1'>रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै,</span> <span class='c2'>बालेन र रविले सम्बोधन गर्ने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेत मा आज चुनावी सभा गर्दैछ ।
बिहीबार सुर्खेतको घण्टाघर चोकमा रास्वपाले ‘हामी आउँदै छौं’भन्ने नारासहित चुनावी सभा आयोजना गर्न लागेको हो ।

सभामा रास्वपाका सभापति रवि लामिछाने,रास्वपाका झापा–५ का उम्मेदवार बालेन शाह लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । हिजो बुधबार रास्वपाले धनगढीमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको थियो । सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्