आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयो

<span class='c1'>आचारसंहिता विपरीतका</span> <span class='c2'>पर्चा–पम्पलेट हटाइयो</span>

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पर्चा–पम्पलेट हटाउन लगाएको जनाएको छ । प्रहरीका अनुसार केही सवारी साधनमा दल तथा उम्मेदवारको प्रचारप्रसार सामग्री जडान गरिएको पाइएपछि तत्काल हटाउन निर्देशन दिइएको हो । साथै, यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षलाई अनुरोध तथा सम्झाइ–बुझाइसमेत गरिएको छ । यस सम्बन्धमा जानकारी दिँदै पुष्कर बोगटीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई आग्रह गरे ।

प्रहरीले निर्वाचन अवधिभर आचारसंहिता उल्लङ्घन गर्ने कार्यप्रति निगरानी कडा बनाइने र आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्