रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन

<span class='c1'>रौतहटमा सुरक्षा व्यवस्था सुदृढ</span> <span class='c2'>बनाउन सरकारको निर्देशन</span>

काठमाडौं । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ ।

शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

उनले भने,‘रौतहटको घटनामा सबै पक्षलाई एउटा सद्भाव कायम गर्न केन्द्रीय सुरक्षा समितिबाट एउटा आह्वान भएको छ । जुन रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुको बीचमा उचीत समन्वय कयम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिइएको छ । आवश्यक परेको सुरक्षा व्यवस्था थप गर्ने पनि निर्णय भएको छ ।’

त्यस्तै, उक्त घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए । बैठकले सबै राजनीति दलहरुलाई आचारसहिंता पालना गर्न आग्रह गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्