कांग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ दलहरु हराएर जान्छन् : डा.प्रकाश शरण महत

<span class='c1'>कांग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ</span> <span class='c2'>दलहरु हराएर जान्छन् : डा.प्रकाश शरण महत</span>

नुवाकोट । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गरेका छन् ।

दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे ।

‘गोल्फू भन्ज्याङ, ओडारे क्षेत्रको बाटो मेरै पालामा बनेको हो । त्यसबाहेक स्कूल, स्वास्थ्य चौकी, खानेपानी साथै विजुली नबलेको ठाउँमा मेरै पालामा काम भएको हो । म काम गर्ने व्यक्ति हुँ, अरुले धेरै कुरा गरे काम गरेनन् । एक पटक डा.रामशरण महतलाई एमाले–माओवादी गठबन्धन गरेर काम गर्ने व्यक्तिलाई हराइयो । उहाँलाई हराएकाले विकासको काम बन्द भयो । पछि फेरि हामीले पनि गठबन्धन गरेर ठाउँ छाड्यौं । तर विकासको काम भएन,’ उनले भने,‘नयाँ दलले त के गर्नु, कुन दुलोबाट आउँछन् कता हराउँछन् थाहा छैन् ।’

पूर्वअर्थमन्त्री समेत रहेका उनले रोकिएका विकासका कामहरुले अब निरन्तरता दिने बताए । उनले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्