धादिङमा बस दुर्घटना : मृ*त्यु हुनेको संख्या १९ पुग्यो

<span class='c1'>धादिङमा बस दुर्घटना : मृ*त्यु</span> <span class='c2'>हुनेको संख्या १९ पुग्यो</span>

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । यस्तै, ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौं बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, झापाका वर्ष ३० को विपिन मानन्धर, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, काठमाडौं गोकर्णका वर्ष २८ की पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने छन् । यस्तै, ट्रमा सेन्टरमै काठमाडौंको बौद्ध बस्ने नोर्बु पाल्देन, स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौं बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गको सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्