निर्भयपूर्वक मतदान गर्न अनुकुल वातावरण बनेको छ : आयोग

<span class='c1'>निर्भयपूर्वक मतदान गर्न अनुकुल वातावरण</span> <span class='c2'>बनेको छ : आयोग</span>

काठमाडौं । निर्वाचन आयोगले सबै राजनीतिक दलहरुले आफ्नो गतिविधि शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न र मतदाताले निर्भयपूर्वक मतदान गर्न कुनै अवरोध नरहेको बताएको छ ।

मंगलबार बसेको उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षाकर्मीले सक्रिय रुपमा काम गरिरहेको ब्रिफिङ गरेको भन्दै यसले मतदाता थप ढुक्क हुने अवस्था सृजना भएको बताए ।

उनले भने,‘निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौतीको विषयमा र त्यसको समाधानका विषयमा छलफल भयो । सबैबाट निर्वाचनको लागि सुरक्षा व्यवस्था बलियो रहेको सबै राजनीतिक दलहरुले आफ्नो गतिविधि शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न र मतदाताले निर्भयपूर्वक मतदान गर्न अनुकुल वातावरण रहेको कुनै अवरोध नरहेको र सुरक्षाकर्मीले सक्रिय रुपमा काम गरिरहेको ब्रिफिङ भयो । यसले मतदाता थप ढुक्क हुने अवस्था सृजना भएको छ ।’

त्यस्तै उनले आम नागरिकको चाहना र आवाजलाई सम्बोधन गर्दै तीन दिन सार्वजनिक बिदाको लागि सिफारिस गरिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्