काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन् ।
आसन्न प्रपितनिधिसभा सदस्य निर्वाचनको निर्वाचन सुरक्षा र समग्र शान्ति अवस्थाको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुंगा पुगेका मन्त्री अर्यालले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले सबैले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले भने,‘अन्य जिल्ला हेरी ओखलङुंगा शान्त रहेको छ । कानून विपरीत कृयाकलापमा उन्मुक्ति दिइनेछैन । सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिन्छौँ ।’ मन्त्री अर्यालले गैर कानूनी कृयाकलाप गर्नेलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाए । साथै उनले सबैले निष्पक्ष भएर निर्वाचन गराउनुपर्नेमा जोड थियो । मन्त्री अर्यालले दैनिक घटनाको विश्लेषण गरी धार्मिक, सामाजिक सद्भाव कायम गर्न तथा उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।