जेन–जी अलायन्स फर मोनार्की, राष्ट्रिय शक्ति नेपाल र राष्ट्रिय सरोकार मञ्चबीच ऐक्यबद्धता

<span class='c1'>जेन–जी अलायन्स फर मोनार्की, राष्ट्रिय शक्ति</span> <span class='c2'>नेपाल र राष्ट्रिय सरोकार मञ्चबीच ऐक्यबद्धता</span>

काठमाडौं । राजसंस्था पुनस्र्थापनाको पक्षमा रहेका तीन राष्ट्रवादी धारका संस्थाहरूले संयुक्त रूपमा ‘राष्ट्रिय संकल्प अनुबन्ध’ सार्वजनिक गर्दै वैदिक सनातन धर्म सापेक्ष अधिराज्य नेपालको पुनस्र्थापनाका लागि एकताबद्ध रूपमा अघि बढ्ने घोषणा गरेका छन् ।शनिबार आयोजित कार्यक्रममा जेन–जी अलायन्स फर मोनार्की, राष्ट्रिय शक्ति नेपाल र राष्ट्रिय सरोकार मञ्च नेपालका हस्ताक्षरित प्रतिनिधिहरूले वर्तमान राष्ट्रिय संकटको समाधानका लागि साझा धारणा सार्वजनिक गरेका हुन् ।

उनीहरूले राष्ट्रप्रेम, सभ्यतागत विरासत र सार्वभौमिक कर्तव्यको भावनाबाट प्रेरित भई एकै छातामुनि संगठित भएको जनाएका छन् । अनुबन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शाही घोषणालाई पूर्ण समर्थन जनाइएको छ । उक्त घोषणामा नेपालको राजनीतिक संकट संरचनात्मक तथा सभ्यतागत प्रकृतिको रहेको र २०६५ सालमा राजसंस्था अन्त्य भएपछि मुलुकमा सुशासनको क्षय, राष्ट्रिय एकताको कमजोर अवस्था तथा सार्वभौमसत्तामाथि दबाब बढ्दै गएको उल्लेख गरिएको थियो । हस्ताक्षरकर्ताहरूले निर्वाचन प्रक्रिया मात्रले यी समस्याको समाधान गर्न नसक्ने धारणा दोहो¥याएका छन् ।

संयुक्त प्रतिबद्धताअनुसार तीनै संस्थाले शाही सम्बोधनलाई विनासर्त समर्थन गर्ने, सार्वजनिक जीवन र नीतिगत वकालतमार्फत त्यसको मर्मलाई अघि बढाउने तथा नागरिक परिचालनलाई सशक्त बनाउने बताएका छन् । साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत भएका चुनावी चक्रहरूले पद्धतिगत बेथिति, भ्रष्टाचार र सार्वभौमिकताको क्षय निम्त्याएको दाबी गर्दै भविष्यका प्रजातान्त्रिक प्रक्रियासँगै संरचनात्मक सुधार अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ ।

अनुबन्धमा राजसंस्थालाई साझा अभिभावकीय स्तम्भका रूपमा स्वीकार गर्दै वैदिक सनातन धर्म सापेक्ष अधिराज्य पुनस्र्थापनाका लागि निष्पक्ष राष्ट्रिय संवाद सञ्चालन गर्न शान्तिपूर्ण र कानुनी वकालत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्तिगत वा दलीय स्वार्थ त्यागेर एउटै स्वरमा संवैधानिक सुधार र सभ्यतागत पहिचान पुनस्र्थापनामा लाग्ने शपथ समेत लिइएको छ । कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर विष्ट, जेन–जी अलायन्स फर मोनार्कीका केन्द्रीय अध्यक्ष सोम विक्रम सिंह तथा राष्ट्रिय सरोकार मञ्च नेपालका सनातन उपाध्याय रिजाललगायतले दस्तखत गरेका थिए । उक्त अनुबन्धलाई हस्ताक्षरकर्ताहरूले ‘अनन्त कालसम्मका लागि गरिएको नैतिक, वैचारिक र ऐतिहासिक संकल्प’ का रूपमा व्याख्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्