अब स्पष्ट कित्ताकाट गर्ने बेला आयो : ओली

<span class='c1'>अब स्पष्ट कित्ताकाट गर्ने</span> <span class='c2'>बेला आयो : ओली</span>

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफूले देशको स्वाभिमान र राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका छन् ।

आइतबार भिडिओ सन्देशमार्फत ओलीले आफूले देशको अखण्डता, स्वाभिमानको र राष्ट्रियतामा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका हुन् । अब स्पष्ट कित्ताकाट गर्नेबेला आएको उनले बताए । उनले राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? भन्दै प्रश्न रहेको हो भन्दै प्रशन समेत गरेका छन् । भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’

उनले जनताले पनि देश पहिले भन्ने दिन आएको उल्लेख गरे । देश पहिले भनेको संविधान र नियम, भूमि र जनता पहिले र संविधान र नियम पहिले रहेको भिडिओ सन्देशमार्फत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्