प्रचण्डद्वारा फागु पूर्णिमाको शुभकामना, प्रवासी नेपालीको सुरक्षा र शान्त मतदानमा जोड

<span class='c1'>प्रचण्डद्वारा फागु पूर्णिमाको शुभकामना, प्रवासी नेपालीको</span> <span class='c2'>सुरक्षा र शान्त मतदानमा जोड</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमा (होली)को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, मेलमिलाप र शान्तिपूर्ण मतदानमा सबैलाई सचेत गराएका छन् ।

उनले सोमबार होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत रङ्गहरूको पर्वले समाजमा उल्लास र सामूहिकता ल्याउने भएपनि यसपटक मध्यपूर्वको परिस्थितिका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तित रहेको बताए । ‘विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्छु,’ प्रचण्डले भने । प्रचण्डले आज रातीदेखि सुरु हुन लागेको निर्वाचनको मौन अवधि सम्बन्धमा पनि सचेत गराउँदै शान्तिपूर्ण वातावरण बनाइराख्न, संयमता अपनाउन र विवेकपूर्वक मतदान गर्न आग्रह गरेका छन्।


उनले भने, ‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ। रङ्गले सम्बन्ध नजिक बनाओस्, नतिजाले जनजीवनमा आशा र उमंग ल्याओस्।’उनले सबै महानगरवासी, नागरिक र विदेशमा रहेका नेपालीमा होलीको धेरै–धेरै शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्