काठमाडौंको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी, ट्राफिक प्रहरी अन्यन्त्रै खटाइयो

<span class='c1'>काठमाडौंको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी,</span> <span class='c2'>ट्राफिक प्रहरी अन्यन्त्रै खटाइयो</span>

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप घट्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचन तयारीका कारण उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति बाहिरिएकाले सवारी आवागमनमा उल्लेखनीय कमी आएको बताए ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले उपत्यकामा उपलब्ध सवारी साधन अधिकतम प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार हाल रहेको करिब ८० प्रतिशत जनशक्ति उपत्यका बाहिर खटाइएको छ । निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीहरूलाई विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा पठाइएको उनले बताए । उपत्यकामा जनशक्ति अभाव नहोस् र सवारी व्यवस्थापन सहज बनोस् भन्ने उद्देश्यले निर्वाचन प्रहरीलाई सडकमा खटाइएको सुवेदीले स्पष्ट पारे । उनले भने, ‘सवारी चाप घट्दै गइरहेको छ ।

हामीसँग भएको भ्याकलहरु अधिकतम प्रयोग गर्ने तयारी गरेका छौं । ८० प्रतिशत मेनपावर उपत्यका बाहिर पठाइएको छ । सहजताको लागि निर्वाचन प्रहरी सडकमा खटाएका हौं । ट्राफिक प्रहरीहरूलाई खासगरी मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेशमा पठाइएको छ ।’ निर्वाचनका कारण सर्वसाधारण बाहिरिँदा उपत्यकाभित्र सवारी चापमा कमी देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्