रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

<span class='c1'>रामेछापमा निर्वाचन कर्मचारी र</span> <span class='c2'>सामाग्री बोकेको गाडी दुर्घटना</span>

रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघु टारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।

गाडीमा कति मानिस सवार थिए भन्ने खुलेको छैन । गाडी भिरबाट खसेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए । दुर्घटनामा केही मानिस हताहत भएको आशङ्का गरिएको भए पनि प्रहरीले त्यस बारे केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्