खोटाङतर्फ जाँदैगरेको गाडी फोक्सिन्टारमा दुर्घटना

<span class='c1'>खोटाङतर्फ जाँदैगरेको गाडी</span> <span class='c2'>फोक्सिन्टारमा दुर्घटना</span>

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका –५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डमा आज बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी खोटाङ्गको खोटेहाङ गाउँपालिका –७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाइते भएका छन् ।

गाईघाटबाट खोटाङतर्फ जाँदैगरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिव ५ सय मिटर तल खसेको थियो । उक्त गाडीमा चालक र एकजना यात्रु मात्र सवार रहेको बताइएको छ।

सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको थियो । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्