सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

<span class='c1'>सर्लाहीमा अचानक बेहोस भएका</span> <span class='c2'>मतदान अधिकृतको मृत्यु</span>

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका – ४ स्थित जिगडवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतको अचानक बेहोस भएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका –६ निवासी ४२ वर्षीय रघुनाथ महतो उक्त मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए । उनी सर्लाहीको बरहथवा नगरपालिका – ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेवका रूपमा कार्यरत थिए ।

मंगलबार दिउँसो २ बजे ड्युटीमा रहेका बेला महतो अचानक बेहोस भएका थिए। बेहोस भएपछि तत्काल उपचारका लागि उनलाई जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।

अस्पतालमा करिब २ः३० बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्