इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

<span class='c1'>इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा</span> <span class='c2'>३० हजार मानिसहरू विस्थापित</span>

एजेन्सी । इजरायल र हिजबुल्लाहबीचको शत्रुता बढ्दै जाँदा लेबनानमा कम्तीमा ३०,००० मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार उनीहरु धेरैले आश्रयस्थलहरूमा शरण लिएका छन् ।

इजरायलले लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाह विरुद्ध हवाई अभियान अगाडि बढाइरहेको छ । विशेषगरी राजधानी बेरुतको दक्षिणी उपनगरहरू र देशको दक्षिणमा, बासिन्दाहरूलाई खाली गर्ने चेतावनी जारी गरेको छ । हिजबुल्लाहले मंगलबार लेबनानमा रहेको आफ्नो गढमा इजरायली आक्रमणको बदला लिन तीन इजरायली सैन्य अड्डाहरूमा आक्रमण गरेको बताएको छ । जसमा बेरुतको दक्षिणी उपनगरहरू पनि समावेश छन्। इजरायल रक्षा बलले मंगलबार भनेको छ कि यसको ९१ औं डिभिजनका सेनाहरूले दक्षिणी लेबनानमा अपरेशन सञ्चालन गरिरहेका छन् र सीमा नजिकै धेरै स्थानहरूमा तैनाथ गरिएको छ ।

लेबनानी सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले मंगलबार बिहान लेबनान र इजरायल बीचको अन्तरिम सीमा ब्लू लाइन पार गरेको र लेबनानी क्षेत्रमा लगभग एक किलोमिटर अगाडि बढेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्