लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

<span class='c1'>लागू औषधसहित विभिन्न स्थानबाट</span> <span class='c2'>१३ जना पक्राउ</span>

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछा पोखरी चोकस्थित गुरूङ गेष्ट हाउसबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय विकास बिस्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६६० मिलिग्राम सहित सोही नगरपालिका-१२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बाह्रदशी गाउँपालिका-६ पचासबिघेबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २१ वर्षीय बसन्त न्यौपाने र सोही नगरपालिका-६ स्यालडांगी बस्ने २५ वर्षीय राहुल लुइँटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अनार मनी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-८ पुष्पलाल पथ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २७ वर्षीय अर्मान अलिलाई लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-६ पानबारीबाट नियन्त्रित लागू औषध ट्राम डोल २४० ट्याब्लेट र डिको लिक २३५ ट्याब्लेटसहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका९६ बस्ने २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सब विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाउँबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्क बहादुर खड्का र जानकी गाउँपालिका९७ पठरैया बस्ने ३० वर्षीय मिना राजी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्