कांग्रेसले २० जना समानुपातिक सांसद टुङ्ग्यायो, १५ जना महिला अनिवार्य

<span class='c1'>कांग्रेसले २० जना समानुपातिक सांसद</span> <span class='c2'>टुङ्ग्यायो, १५ जना महिला अनिवार्य</span>

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुङ्ग्याएको हो ।

कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने छ । सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले भने, ‘गत निर्वाचनको कुल सदर मत १ करोड ८ लाख ३५ हजार ३५ मध्ये नेपाली कांग्रेस पार्टीले १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको थियो । निर्वाचन आयोगको नियम बमोजिम हामीले प्राप्त गरेको मतको आधारमा २० वटा सिट संख्या प्राप्त गरेको छ ।

२० जना प्रतिनिधि पठाउछौं, त्यसमा १५ जना महिला अनिवार्य छ । आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट मिलाएर अन्य सांसद चयन गरिएको छ ।’उनले सङ्घीय संसद्‍मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए । उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए ।

प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्