प्रधानमन्त्रीले सात प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

<span class='c1'>प्रधानमन्त्रीले सात प्रदेशका</span> <span class='c2'>मुख्यमन्त्रीसँग छलफल गर्दै</span>

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि संघीय सांसदसँग छलफल गरेका उनले प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल आयोजना गरेका हुन् ।

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ सल्लाहाकार दिपा दाहालका अनुसार बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ ।

राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने विषय पनि बैठकको एजेन्डा रहने जनाइएको छ । देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुनेछ । बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्