विराटनगर जेष्ठ २० , नेपालमा ओमोडा एन्ड जेकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक एसयूभी ओमोडा ई–५ प्रो मंगलबार साँझ विराटनगरमा सार्वजनिक गरेको छ।
पहिले नै १,५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई–५ को सफल यात्रालाई निरन्तरता दिँदै नयाँ ई–५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम डिजाइन र आधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गाडीमा ५०.७ kWh ब्याट्री, ९९ kW इलेक्ट्रिक मोटर र २८८ Nm टर्क रहेको छ, जसले करिब ३५० किलोमिटर रेन्ज प्रदान गर्छ। १९१ एमएम ग्राउन्ड क्लियरेन्स र १८ इन्च अलोय ह्विलका कारण यो नेपाली सडकका लागि समेत उपयुक्त रहेको बताइएको छ।
फ्युचरिस्टिक डिजाइन, बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक लुक र फ्यान्टम विङ टेललाइटले गाडीलाई अझ आकर्षक बनाएको छ। भित्री भागमा प्रिमियम केबिन, इलेक्ट्रिक सनरुफ र आधुनिक टेक्नोलोजीको संयोजन रहेको छ।
सुरक्षाका हिसाबले १९ भन्दा बढी ADAS फिचर र ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली समावेश गरिएको छ, जसले चालकलाई थप आत्मविश्वास प्रदान गर्छ।
नयाँ ओमोडा ई–५ प्रोको मूल्य सिंगल टोनका लागि ५१ लाख ५९ हजार र डबल टोनका लागि ५१ लाख ९९ हजार तोकिएको छ। पहिलो ५० ग्राहकका लागि विशेष मूल्य ४९ लाख ९९ हजार र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सको सुविधा पनि दिइएको छ।
देशभरका आधिकारिक शोरुममार्फत बुकिङ खुला गरिएको यो नयाँ ईभीले नेपाली बजारमा इलेक्ट्रिक सवारीको प्रतिस्पर्धा अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।
